सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी जिल्लामा सर्पदंश उपचार सेवा विस्तार गर्न सांसद जोशीको माग

२०७६ असार २३, ०५:०६ खबर संवाददाता

नेकपाकी प्रदेशसभा सदस्य पूर्णा जोशीले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सर्प दशं उपचार सेवा विस्तार गर्न माग गरेकी छन्। पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा सर्वसाधारणले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको भन्दै सांसद जोशीले सेवा विस्तारको माग गरेकी हुन्।

आज बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा ढ्याप ढ्यापे समय लिएर बोलेकी जोशीले पहाडी जिल्लामा अस्पताल र स्वास्थ्य चौकीमा सर्पदंश उपचार सेवा नहुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताईन्। केही दिन पहिले सर्पको टोकाईबाट डोटीको शिखर नगरपालिका २ की जमुना कार्की र केआईसिह गाउँपालिका २ का ११ वर्षीय बालक भेगेन्द्र बोगटी मृत्यु भएको कुरा सदनलाई जानकारी दिदै जोशीले सर्पदंश उपचार सेवा नपाएकै कारण उनीहरुको मृत्यु भएको बताउदै उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन्।

उनले समयमै उपचार नपाउँदा उनीहरुको मृत्यु भएको भन्दै सरकारसंग पहाडी जिल्लाका स्वास्थ्य संस्थामा तत्काल सर्पदंश उपचार सेवा विस्तार गर्न माग गरिन्। सुदूरपश्चिमका पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा वर्षेनी सयौँ नागरिकले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ।

सुदूरपश्चिममा सरकारले छुट्टै सर्पदंश उपचार केन्द्र सञ्चालनमा नल्याएपनि कञ्चनपुरको अर्जुनी र कैलालीको बडैपुरमा नेपाली सेनाले सर्पदंश उपचार केन्द्र सञ्चालन गरी सेवा दिदै आएको छ। यस्तै सांसद जोशीले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारसंग माग गरेकी छन्। उनले पैसाको अभावमा केही दिन अघि बँदेलको आक्रमणबाट घाइते भएका केआइसिंह २ का जनक विकको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको समेत माग गरेकी छन्। 
 

कमेन्ट लोड गर्नुस