सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सर्पले टोकेर फेरि एक जनाको मृत्यु

२०७६ असार २३, ०४:३४ खबर संवाददाता

डोटीमा सर्पले टोकेर फेरि एक जनाको मृत्यु भएको छ। सोमबार बिहान  डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउ गिरी टोल बस्ने २२ वर्षीय पुर्णराज गिरिको सर्पको टोकाईबाट मृत्यु भएको हो। आईतबार राती साढे आठ बजेतिर गाई गोठमा घाँस हाल्न जाने बेला सर्पले टोकेको  जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायव उपरीक्षक लाल वहादुर धामिले बताए। राती धामीझाँक्री गरेर उनलाई उपचारका लागि सोमबार बिहान मात्र अस्पताल लगिएको डोटीका स्थानीय प्रकाश बमले बताए। अस्पताल पु¥याउदा उनको मृत्यु भईसकेको जिल्ला असपताल डोटीका डाक्टर गिरिस अवस्थीले बताए। यस अघी असार १८ गते मात्र जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कालागाडकी जमुना देवी कार्कीको समेत सर्पको टोकाई बाट मृत्यु भएको थियो।  
  
  
 

कमेन्ट लोड गर्नुस