प्रहरीलाई दैवी प्रकोप उद्दार समाग्री हस्तान्तरण

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को कार्यालयले प्रहरीलाई दैवी प्रकोप उद्दार समाग्री हस्तान्तरण गरेको छ। वडा कार्यालयले ईलाका प्रहरी कार्यालय चिसापानीलाई दैवी प्रकोप उद्दार समाग्री हस्तान्तरण गरेको हो। एक कार्यक्रमका बिच वडा अध्यक्ष भक्त बहादुर चलाउनेले ईलाका प्रहरी कार्यालयलाई दैवी प्रकोप उद्दार समाग्री हस्तान्तरण गरेका हुन्। चलाउनेले नेपाल रेडक्रस सोसाईटी बलिया शाखाको परामर्शमा समाग्री हस्तान्तरण गरिएको जानकारी दिए।




