सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

२०७६ असार २३, ०३:१४ खबर संवाददाता

कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ४ भालुफाटामा रहेको सुन्दर सामुदायिक बनमा बाख्रा चराउन गएको बेला रुखले च्यापिएर महिलाको मृत्यु भएको हो। पानी परेपछि टिनको ओतमा बसिरहेको अवस्थामा रुख ढलेपछि स्थानीय ४५ बर्षीय जल रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस