कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भट्ट

कञ्चनपुर: शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा रहेको कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा करनप्रसाद भट्ट चयन भएका छन्।
नेपाल विद्यार्थी सङ्घका भट्ट सर्वसम्मतिका आधारमा अध्यक्षमा चयन भएका हुन्। साथै सचिवमा अखिल क्रान्तिकारीका मनिषा धानुक, कोषाध्यक्षमा अनेरास्ववियुका प्रवीन धामी सर्वसम्मत रुपमा चयन भएको क्याम्पस प्रमुख भवराज निरौलाले जानकारी दिए। उनका अनुसार स्ववियुको सदस्य पदमा नेपाल विद्यार्थी सङ्घका सङ्गीता भट्ट, हेमराज भट्ट, अखिल क्रान्तिकारीका मोहन बोहरा, गणेश पन्त र अनेरास्ववियुका मञ्जु औजी सर्वसम्मत रुपमा चयन भएका हुन्। उपाध्यक्षमा भने पछि निर्णय गरिने जनाइएको छ।



