सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

२०८१ फाल्गुन २७, ०५:४६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएकाछन्।

जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमला पुल नजिक करिब १२ः ३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको चालक धनगढी उपमहानगरपालिका–६ बस्ने दिवाकर जैशीले चलाएको से ३ प ८३३ नम्बरको मोटरसाइकल र बिपरि दिशाबाट आइरहेको चालक गौरीगंगा नगरपालिका–३ बस्ने अनिल बिकले चलाएको से५ प ३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएकोे प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा दुबै जना चालक घाइते भएका छन्। घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस