सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार आर्जुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न महासङ्घको माग

२०८१ फाल्गुन २७, १०:४३ खबर संवाददाता

धनगढीः नेपाल पत्रकार महासङ्घ, कैलालीले पत्रकार आजुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ।

महासङ्घ, कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृतमाथि छानबिन गर्दै कारबाहीको माग गरेको हो।

धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार आर्जुलाई दुर्व्यवहार गरेका थिए। पत्रकार महिलालाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारबाहीका लागि सम्बन्धीत निकायहरूसँग माग गरिएको हो। पत्रकार महासङ्घ, कैलालीमा आर्जुले सोमवार निवेदन दिएकी थिइन।

 

कमेन्ट लोड गर्नुस