सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८१ फाल्गुन २७, ०७:४२ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ वर्ष ११ महिना ७ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–२ रामजानकी टोल बस्ने ३५ वर्षीय गोबिन्द बिष्ट पक्राउ परेका छन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार सन्तोषी टोलबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस