फायरवर्ड्स कन्क्लेभ धनगढी सिरिज हुने
फायरवर्ड्स कन्क्लेभ धनगढी सिरिज हुने भएको छ। फायरवर्ड्स मिडिया प्रालीको आयोजनामा २८ गते धनगढीमा कन्क्लेभ सिरिज हुन लागेको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। जनप्रतिनिधीसंग जनताको प्रत्यक्ष सम्बाद गराउने उद्देश्यका साथ फायरवर्ड्स कन्क्लेभ हुने आयोजक फायरवडर््स मिडिया प्रालीकी अध्यक्ष अनिसा खड्काले जानकारी दिइन्।
युवाहरुलाई मुख्य प्राथमिकतामा राखी उनिहरुले सिधै नेतृत्वलाई प्रश्न राख्ने गरी सो कार्यक्रम आयोजना गर्न लागेको उनले बताइन्।