सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते, धनगढीमा उपचार हुदै

२०७६ असार २२, ०८:५२ खबर संवाददाता

डडेल्धुरामा  ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको आलिताल गाउँपालिकाको मेलखर्कबाट  डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आज दिउँसो दुर्घटना हुँदा १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार घाइते १३ जनामध्ये ३ जनाको डडेल्धुरामै उपचार भइरहेको छ भने १० जना धनगढी रेफर गरिएको छ। उनीहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। तर केहीको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ। डोटीको रुवसकाँडाका उनीहरु मेलखर्कबाट पिकनिक खाएर फर्किने बेला ट्याक्टर दुर्घटनामा परेको हो।  

कमेन्ट लोड गर्नुस