सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बुढिगंगा नदी थुनिने खतरा

२०७६ असार २२, ११:१४ प्रकाश सिंह

बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको बुढिगंगा नदी बर्षातको सुरुवात सँगै थुनिने खतरामा बढेको छ। बर्षात सुरु भएसँगै बुढिगंगा नदीमा पानी बढदै गएपछि त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिराे झर्न सुरु भएको नगरपालिकाका मेयर रामसिंह रावलले वताए। गत बर्षदेखि नै सो स्थानमा पहिरो खस्न सुरु भएको थियो। 

हिउँदको समयमा पनि पहिरो गएको थियो। बर्षातमा पानी बढ्ने भएपछि द्धवारीमा बुढिगंगा नदी थुनिने खतरा रहेको स्थानिय बासिले वताएका छन्। लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले पनि जनाएको छ। नदी थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको छ। 

स्थानिय नविन थापाले नदी थुनिने खतरा बढेपछि नजिकै रहेको खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे-मार्तडी सडकखण्ड पनि उच्च जोखिममा परेको बताए। साँफे–मार्तडी सडकखण्ड गएको बर्ष बर्षातको तीन महिना अबरुद्ध भएको थियो। नदी थुनिने खतरासँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस