सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीजन्य स्रोतको संरक्षणका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

२०८१ फाल्गुन २१, ०५:४६ खबर संवाददाता

धनगढीः कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग र संरक्षणका लागि सुझाव समितिले प्रतिवेदन बुझाएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समितिले प्रतिवेदन बुझाएको हो। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट उक्त समिति गठन गरिएको थियो। समितिले अध्ययन तथा परामर्शपछि तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहसमक्ष बुझाइएको हो।

प्रतिवेदनमा कर्णाली नदीका स्रोतहरूको दिगो व्यवस्थापन, संरक्षण तथा दुवै प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने नीतिहरू समेटिएको बताइएको छ । नदीजन्य स्रोतको प्रभावकारी उपयोग, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको हितलाई ध्यानमा राख्दै प्रतिवेदन तयार पारिएको समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस