धनगढीको सिप मेलामा २५ जनालाई विद्युतीय सवारी मर्मत गर्न सिकाइदै
धनगढी: सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत भारतीय प्राविधिकहरूले सवारी मर्मत गर्दै आएका थिए। नेपालीहरूको सङ्ख्या २० प्रतिशत मात्र थियो।
तर, हाल ८० प्रतिशत नेपालीहरू गाडी मर्मतको क्षेत्रमा रहेको अनुमान छ। उनीहरूले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने गाडीहरूको मर्मत गर्दै आएका छन्। तर, धनगढी उपमहानगरपालिकाले पहिलो पटक विद्युतीय सवारी मर्मतको तालिम दिन थालेको छ। सिप तथा रोजगार मेलामा २५ जनालाई विद्युतीय सवारी मर्मतको तालिम दिन थालिएको हो। प्रशिक्षक परशुराम घिमिरेले विश्वमा विद्युतीय सवारीको माग बढेको बताए। उनले भने, ‘विश्वमा अन्य सवारी एक बिक्री हुँदा विद्युतीय सवारी पाँच सय वटा बिक्री हुँदैछ। मर्मतको लागि प्राविधिकहरूको माग धेरै छ। प्राविधिकहरू कम छन्। पहिला ८० प्रतिशत भारतीय थिए। अहिले ८० प्रतिशत नेपाली छन्।’
धनगढी उपमहानगरपालिका र सिप्रद्धी टे«ड्रिङको सहकार्यमा विद्युतीय सवारी मर्मतको तालिम दिन थालिएको हो। सुदूरपश्चिम प्रदेशका २५ जना युवाहरूले विद्युतीय सवारी मर्मतको तालिम लिदैछन्। उनीहरूले विद्युतीय सवारी मर्मत केन्द्र सञ्चालन तथा अन्य केन्द्रमा काम पाउने छन्। उनीहरूको सिप र क्षमता अनुसार मासिक आम्दानी समेत पाउने छन्। सिप तथा रोजगार मेलामा ३० दिन तालिम लिएकाहरूले प्रयोगात्मक अभ्यासहरू भने गर्नुपर्ने छ। उनले भने, ‘स्वरोजगारका लागि अभ्यास चाहिन्छ। निरन्तरता दिन आवश्यक हुन्छ। प्रयोगात्मक अभ्यासका लागि कुनै संस्थासँग अवध हुनुपर्ने हुन्छ। दक्ष भएपछि काम अनुसारको मूल्य पाउने हो। आम्दानी उनीहरूको हातको कुरा हो।’
विश्व बजारमा विद्युतीय सवारीको माग बढ्दै गएको छ। विद्युतीय सवारी मर्मतमा बढी नाफासमेत रहेको छ। डिजेल तथा पेट्रोलका सवारी भन्दा विद्युतीय सवारी मर्मतमा बढी नफा रहेको हो। सिप्रद्धीले विद्युतीय सवारी सम्बन्धी जानकारी दिने गरेको छ। विद्युतीय सवारी चालक तथा सवारी धनीहरूलाई गेयर बक्स लगायतको प्राविधिक ज्ञानहरू कम्पनीले दिएको थियो। तर, दक्ष जनशक्ति उत्पादनका लागि धनगढीमा पहिलो पटक तालिम सञ्चालन गरिएको हो। उनले भने, ‘तालिमको कलासले पुग्छ। उहाँहरूलाई प्रमाणपत्र दिन्छौ। तर, अभ्यास चाहिन्छ। मर्मत केन्द्रमा काम गर्नुपर्ने हुन्छ।’
धनगढीको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूले प्रयोगात्मक अभ्यासहरू भने गर्नुपर्ने हुन्छ। उनीहरूले निजी मर्मत केन्द्रहरूमा पनि प्रयोगात्मक अभ्यास गर्नुपर्ने भएको हो। मेलमा हुने ३० दिनको अभ्यासले मात्र पूर्ण नहुने प्रशिक्षकले बताएका छन्।