सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानब बेचबिखन र ज्यान सम्बन्धी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ 

२०८१ फाल्गुन २१, ०८:४४ खबर संवाददाता

कञ्चनपुरः मानब बेचबिखन र ज्यान सम्बन्धी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ भदौ  १७ गतेको फैसलाले ज्यान सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको कृष्णपुर नगरापलिका–६ बस्ने भानु डगौरा पक्राउ परेका छन्।

यसैगरी मानब बेचबिखन मुद्दामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ श्रावण २४ गतेको फैसलाले १० वर्ष कैद सजाय र १ लाख जरिवाना तोकिएको कृष्णपुर नगरापलिका–१ बस्ने किशोर रावल पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस