सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ

२०८१ फाल्गुन २०, ०७:४० खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डबाट भे १३ प ८२७ नम्बरको मोटरसाइकललाई भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २७ वर्षीय सुमन चौधरी पक्राउ परेका हुन्।

चौधरीको साथबाट ८ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस