धनगढीको सिप मेलामा यूथ फाउन्डेसनले तीन सय ५० जनालाई तालिम दिदै
धनगढी : धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा सञ्चालन गरिएको भोकेस्नल स्कुलबाट गत वर्ष चार प्रकारका तालिमबाट ९९ जनाले सिप सिके।
उपमहानगरपालिकासँगको सम्झौतामा नेपाल यूथ फाउन्डेसनले वाल्डिङ्ग, पलम्बर, इलेक्टिकल र फर्निचर मेकरको ३९० घण्टाको तालिम दिएको हो। गत वर्ष चार प्रकारका सिप सिकाएको नेपाल यूथ फाउन्डेसनले धनगढीको सिप तथा रोजगार मेलामा भने सात प्रकारका सिप सिकाउदैछ। वाल्डिङ्ग, पलम्बर, इलेक्टिकल, फर्निचर मेकर, मार्बल, फास्टफूड, नाई र एसी तथा रेफ्रिजेनेटर मर्मतको तालिम सिकाउन थालिएको हो। नेपाल यूथ फाउन्डेसनका प्रतिनिधि जगतराम थारूले सात प्रकारका तालिम सुचारु रहेको बताए। उनले भने, ‘उपमहानगरपालिका र नेपाल यूथ फाउन्डेको सहकार्यमा तालिम दिएका हौ। सात प्रकारका तालिमहरू दिदैछौ। ५०/५० जना युवाहरू छन्।’
धनगढी उपमहानगरपालिका र नेपाल यूथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम केन्द्र अर्थात् भोकेस्नल स्कुल भवनसमेत निर्माण गरिएको छ। धनगढी–१८ फूलबारीमा तालिम केन्द्रको भवन निर्माण गरिएको हो। धनगढीको सिप तथा रोजगार मेलामा १२० घण्टा तालिम लिएकाहरूलाई समेत सोही स्कुलमा लगिने भएको छ। उनीहरूलाई ३९० घण्टा तालिम दिइने भएको हो। तीन सय ५० जनालाई फूलबारीमा आवाससहितको निःशुल्क तालिम दिइने भएको छ। थारूले भने, ‘यहाँ दैनिक चार घण्टा मात्र हो। तर, ३९० घण्टा चाहिन्छ। यो तालिम सकिएपछि फूलबारी लैजाने छलफलमा छौ। खाने र बस्ने व्यवस्था पनि गर्ने छौ।’
व्यावसायिक तालिम केन्द्रले युवा लक्षित चार प्रकारका सीप विकास तालिम गर्दै आएकोमा वृद्धि गरेको हो। तालिम केन्द्रबाट ५५० घण्टे वेल्डर र ३९० घण्टे पलम्बर, ईलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गरिँदै आएकोमा मार्बल, फास्टफुड र नाइ र एसी मर्मत थप गरिएको छ। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलामा यूथ फाउन्डेसनले ४२ लाख रुपैयाँ खर्च गर्दै छ। धनगढी उपमहानगरपालिकाले सात लाख सहयोग गर्दै छ। उनले भने, ‘तालिममा मात्र ४२ लाख लगानी हो। सात लाख उपमहानगरपालिकाको लगानी हो। फूलबारीमा १५ लाख लगानी गरेका छौ। उपमहानगरपालिकाले पनि फूलबारीमा लगानी गरेको छ।’
फूलबारीमा निर्माण गरिएका भौतिक संरचनाहरू पाँच वर्षपछि नेपाल यूथ फाउन्डेसनले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने छ।