सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबामा पुरातत्त्व विभागले एक करोड ६० लाखका मन्दिरहरू बनाउदै

२०८१ फाल्गुन १५, ११:०३ कमल सावद

धनगढी : कैलालीस्थित बेहडाबाबा मन्दिर व्यवस्थित निर्माणका लागि १२ करोड ६१ लाखको आयोजना तयार भएको छ।

धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा धाम व्यवस्थित निर्माणका लागि समितिले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको हो।

बेहडाबाबा धाम विकास समितिले पुरातत्त्व विभागमार्फत मन्दिर क्षेत्रका संरचनाहरू निर्माणका लागि प्रस्ताव गरेको थियो। चालु आर्थिक वर्षमा एक करोड ६० लाखको काम सुरु हुने भएको छ। चालु आर्थिक वर्षमा एक करोड ६० लाखको गणेश मन्दिर र हनुमान मन्दिर निर्माणको लागि ठेक्काको प्रक्रिया थालिएको छ। बेहडाबाबा धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले एक करोड ६० लाख बजेटमा मन्दिर निर्माणका लागि ठेक्काको प्रक्रिया थालिएको बताए। उनले भने, ‘पुरातत्त्व विभागको शैलीमा मन्दिरहरू निर्माण गर्ने हो। १२ करोड ६० लाखको डिपीआर छ। मन्दिर भित्र मात्र पुरातत्त्व विभागले काम गर्ने छ। पुरातत्त्व विभागको शैलीमा संरचनाहरू निर्माण गर्ने हो। सिमेन्ट र सरियाका संरचनाहरू निर्माण हुँदैन।’

बेहडाबाबालाई पुरातत्त्व विभागले संरक्षण तथा निर्माण गर्ने भएको हो। बेहडाबाबा मन्दिर क्षेत्रमा सिमेन्ट तथा सरियाहरूका संरचनाहरू निर्माण हुने छैनन। मन्दिर क्षेत्रका टायलहरू पनि खाली गरिने छ। पुरानो तथा कलात्मक तरिकाले धाम क्षेत्रमा संरचनाहरू निर्माण गरिने भएको हो। चालु आर्थिक वर्षमा मात्र एक करोड ६० लाखका संरचनाहरू निर्माण हुँदैछन्। चालु आर्थिक वर्षमा पुरातत्त्व विभागले गणेश मन्दिर र हनुमान मन्दिर निर्माणका लागि ठेक्का सम्झौता गर्दै छ। जोशीले भने, ‘२ मन्दिर निर्माण हुँदैछ। गणेश मन्दिर र हनुमान मन्दिर निर्माण सुरुमा निर्माण हुने छन्। एक करोड ६० लाखको ठेक्का हुने छ। पछि अन्य मन्दिरहरू निर्माण गर्दैछौ।’

धनगढीको बेहडाबाबा क्षेत्रमा मन्दिरसहित होमकुण्ड, चौताराहरू लगायतका संरचनाहरू तयार भएका छन्। तर, पुरातत्त्व विभागले बेहडाबाबा क्षेत्रलाई नयाँ आकार दिने भएको छ। विभागले १२ करोड ६१ लाखको लागतमा बेहडाबाबा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने छ। नवदुर्गा मन्दिर लगायतका संरचनाका लागि थप बजेट माग गरिएको छ। तर, चालु आर्थिक वर्षमा गणेश र हनुमान मन्दिर निर्माणको काम मात्र सुरु हुने देखिएको छ।

धनगढीको बेहडाबाबामा भगवान शिवको पूजा हुने गरेको छ। शिवरात्रि तथा गंगादशहरामा भारतबाट पनि भक्तजन आउने गरेका छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस