सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डाक्टर हाजिर

२०८१ फाल्गुन १४, १२:३३ खबर संवाददाता

बैतडीः जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूती रोग बिशेषज्ञ चिकित्सक हाजिर भएका छन्। 

स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डाक्टर रामकुमार यादव जिल्ला अस्पताल बैतडीमा हाजिर भएका अस्पतालका प्रमुख डाक्टर सुशील विकले बताए। यस्तै नयाँ मेडिकल अधिकृतको रुपमा डाक्टर निश्चल ज्ञवाली समेत अस्पतालमा हाजिर भएका उनले बताए।  दुवै जनालाई जिल्ला अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर स्वागत गरिएको छ।

 स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डाक्टर आएसंगै महिलाहरुलाई उपचारका लागि सहज हुने अस्पतालका प्रमुख डाक्टर विकले बताए।  सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डाक्टर  यादवलाई छनौट गरेर जिल्ला अस्पतालमा पठाएको बताइएको छ। यस्तै मेडिकल अधिकृत ज्ञवाली छात्रवृति करारबाट जिल्ला अस्पतालमा हाजिर भएका अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्।

जिल्ला अस्पताल बैतडीमा अहिले २ जना बिशेषज्ञ, एकजना दन्त रोग बिशेषज्ञ र ६ जना मेडिकल अधिकृत गरेर ९ जना चिकित्सक कार्यरत रहेका छन्। अस्पतालमा यसअघि स्त्री तथा प्रसूती रोग बिशेषज्ञ नहुँदा प्रभावित भएका सेवाहरु सुचारु भएका डाक्टर  विकले बताए।

कमेन्ट लोड गर्नुस