कैलाली बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन हुने
धनगढीः कैलाली बहुमुखी क्याम्पस, धनगढीमा ‘शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू’ विषयक पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
शिक्षा, नवप्रवर्तन र व्यवसायमार्फत समाज सशक्त बनाउने उद्देश्यले फागुन १५ र १६ गतेसम्म सम्मेलन सञ्चालन गरिने संयोजक मोहनसिंह साउदले जानकारी दिए। सम्मेलनमा विभिन्न १२ विषयमा छलफल हुनेछ। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्य–पश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयलगायत नेपाली शैक्षिक संस्थाका प्रतिनिधिले प्रस्तुति दिने छन्। साथै, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानका बौद्धिक व्यक्तित्वहरू सम्मेलनमा सहभागी हुनेछन्।
विशेष गरी, अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्नासाहेब डांगे कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारत लगायतका संस्थाका प्रतिनिधिहरू सम्मेलनमा उपस्थित हुनेछन्। आयोजकका अनुसार २६ वटा विदेशी विश्वविद्यालयका बिदेसि बिश्वबिद्धालयका प्रध्यापकहरू सम्मेलनमा सहभागी हुने छन्।