धनगढीको दि गार्डनर स्कुलले मनायो ३३ औँ वार्षिकोत्सव
धनगढी: धनगढीको दि गार्डनर बोर्डिङ स्कुलले ३३ औँ वार्षिकोत्सव मनाएको छ।
धनगढी-४ उत्तरबेहडीमा रहेको स्कुलले मङ्गलवार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो। विद्यालयका संस्थापक/ प्रिसिपल कैलाशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट रहेका थिए। कार्यक्रममा अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक तोयराज भट्टले विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै विद्यालयले गुणस्तरी शिक्षा प्रदान गर्दै आएको बताए। संस्थापक प्रिन्सिपल कैलाशप्रसाद दाहाल विद्यालयले लामो समयदेखि शैक्षिक उन्नयनका लागि काम गरिरहेको र यो कार्यले आगामी दिनहरूमा निरन्तरता पाउने बताए। अभिभावक दिवसको अवसरमा खेलकुद, अतिरिक्त क्रियाकलाप र वार्षिक परीक्षामा नतिजा हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र तिनका अभिभावकहरूलाई समेत सम्मानित गरेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए।