सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुख्खड बजारमा सरसफाइ

२०७६ असार २०, ०७:०५

कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खड बजारमा आज सरसफाइ गरिएको छ। सुख्खड बजारको चौक देखि भुकाली चौकसम्म साझा विवेकशिल पार्टीको पहलमा सरसफाई गरिएको हो। आफ्नो ठाउँ आफै सफा गरौं भन्ने उद्देश्यका साथ सरसफाई गरिएको साझा विवेकशिल पार्टीका घोडाघोडी नगर संयोजक रमेश आचार्यले बताए। उनले सरसफाई गर्नु पर्छ भन्ने सचेतना जगाउनका लागि सरसफाई गरिएको बताए। सरसफाईमा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह, घोडाघोडी उद्योग वाणिज्य संघका पदाधिकारी, ईलाका प्रहरी कार्यालय सुख्खडका प्रतिनिधि, घोडाघोडि युवा क्लवका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस