धनगढीमा ईटा भट्टामा खेल्ने क्रममा बालक जलेर घाइते

२०८१ फाल्गुन १२, ०९:५८
धनगढीः धनगढीमा ईटा भट्टामा खेलिरहेको अवस्थामा बालक जलेर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा महाबिर चौधरीले सञ्चालन गरेको नेपाल ईटा भट्टामा खरानीले जलेर बालक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुुनेमा ईटा भट्टामा मजदुरका रुपमा कार्यरत धनगढी–९ बाग्राकटानका हरी चौधरीको ६ वर्षीय छोरा सरोज चौधरी रहेका छन्। उनी आमासँग खेलिरहेको अवस्थामा भुसाको खरानीमा लडेको थिए। बालकको घुडामुनी जलेको छ। अहिले उनको उपचार भइरहेको बताइएको छ।


कमेन्ट लोड गर्नुस