सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सञ्चालन गरिएको घुम्ती शिविरमा १४ जना पत्रकारले प्रेस–प्रतिनिधि प्रमाणपत्र लिए

२०७६ असार २०, ०४:५८ खबर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धनगढीमा सञ्चालन गरेको दुई दिने घुम्ती शिविरमा १४ जना पत्रकारले प्रेस प्रतिनिधी प्रमाणपत्र लिएका छन्। मन्त्रालय अन्तरगतको सूचना तथा प्रसारण विभागले बीहिबार र शुक्रबार सञ्चालन गरेको घुम्ती शिविरमा १४ जना पत्रकारले प्रेस प्रतिनिधी प्रमाण पत्र लिएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ध्रुव कुमार पोखरेलले कैलाली र कञ्चनपुरमा गरी शिविरमा आवश्ययक प्रक्रिया पु¥याएर १४ जनाले प्रेस प्रतिनिधी प्रमाण पत्र लिएको जानकारी दिए। पोखरेलका अनुसार धनगढीको दिनेश सञ्चार गृहमा कार्यरत चारजना, कञ्चनपुरको हाम्रो साझा पत्रिकामा कार्यरत चार जना, धनगढीको नेपाल सन्दर्भ डटकममा कार्यरत तीन जना, सुन्दराञ्चल दैनिकमा कार्यरत दुई जना  र एसटीएस टेलिभिजनमा कार्यरत एकजना पत्रकारले प्रेस प्रतिनिधी प्रमाण पत्र लिएका हुन्।

यस्तै शिविरमा धनगढीका धनगढीकै दुई जना पत्रकारले प्रमाणपत्र नविकरण गराएका छन् भने कञ्चनपुरबाट प्रकाशित हुने नागरिक आवाज साप्ताहिकले स्थायी दर्ता सिफारिस लिएको छ। मन्त्रालयका प्रवक्ता पोखरेलले कैलालीमा पत्रकार संख्या बढि भएकाले घुम्ती शिविर सञ्चालन गरिएको भएपनि आशा गरे अनुसार पत्रकारले शिविरमा सहभागिता नजनाएको बताए।

उनले प्रमाणपत्र लिन इच्छुक भएकाले पत्रकारले पनि आवश्यक कागजपत्र पेश गर्न नसक्दा वितरण गर्न नसकिएको बताए। पोखरेलले प्रेस प्रतिनिधी प्रमाण पत्रका लागि आफू कार्यरत संस्थाको नियुक्ती पत्र, सिफारिस पत्र, कर्मचारीको दरबन्दी विवरण र बैङकिङ प्रणाली मार्फत सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक भुक्तानी लिएको खुल्ने लगायतका कागजपत्र माग गरिएको छ।

तर अधिकांशले बैङकिङ प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी दिने नगरेका कारण उक्त कागजपत्र पेश गर्न नसक्दा धेरै पत्रकारले प्रमाण पत्र पाउन नसकेको बताए। उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपलब्ध गराएको प्रेस प्रतिनिधी प्रमाणपत्रकै आधारमा राज्यले पत्रकारलाई बिमा सुविधा तथा वृद्धि विकासका लागि ल्याएका सुविधा प्रदान गर्नेछ। प्रेस प्रतिनिधी प्रमाण पत्र प्राप्त नगरेका व्यक्ति राज्यको नजरमा पत्रकार नठहरिने तर्क समेत मन्त्रालयको छ।  

  
 

कमेन्ट लोड गर्नुस