कञ्चनपुरमा नौ लाखका भन्सार छलीका सामान बरामद
धनगढी : कञ्चनपुरमा नौ लाखका भन्सार छलीको सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले ६ लाख ५९ हजार चार सय र इलाका प्रहरी कार्यालय, बेलौरीले तीन लाख तीन हजार चार सय ८० रुपैयाँको भन्सार छलीको सामान बरामद गरेका हुन।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुुरले काँसका भाँडाकुँडा, फ्लेवर, बिजुलीका सामान, सुर्ती, तेल, प्याज, पेयपदार्थ, चक्लेट र एक थान मोटरसाइकल समेत बरामद गरिएको छ। प्रहरीले भन्सार छलीको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाएको छ।