सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कैलाली मोडेलले मनायो २९ औँ वार्षिकोत्सव

२०८१ फाल्गुन ११, ०२:०२ खबर संवाददाता

 

धनगढीः धनगढीको कैलाली मोडेल माध्यामिक विद्यालयले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। 

धनगढी उपमहानगरपालिका–४ मा रहेको कैलाली मोडेल माध्यामिक विद्यालयले शनिवार २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो। वार्षिकोत्सव समारोमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमा प्रमुख अतिथि समेत रहेका कैलाली मोडेलका संस्थापक एंव पूर्व प्राचार्य तथा सल्लाहकार समेत रहेका मदनराज भट्टले कैलाली मोडेलले सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए। उनले कैलाली मोडेललाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि तत्कालिन समयमा आफूहरुले स्थापना गरेको र हालका प्रचार्य तपेन्द्र सिंह लगायत सिंगो टिमको मिहिनेतले विद्यालयलाइ उच्च स्थानमा पु¥याएकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए।

संस्थापक भट्टले विद्यालयलाई उत्कृष्टता प्रदान गर्न विद्यालयका प्राचार्य लगायत सिंगो टिमको मिहिनेत र लगावले विद्यालयले दिनप्रतिदिन फड्को मारिरहेको बताए।
२०५२ सालमा स्थापना भएको कैलाली मोडेल माध्यमिक विद्यालयलले पछिल्लो चार वर्षयता आफ्नै सुविधा सम्पन्न भौतिक संरचनामा पठनपाठन गराइरहेको विद्यालयका प्राचार्य तपेन्द्र सिंहले बताए। विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन हुँदै आएको छ। कैलाली मोडेलले कक्षा ११/१२ मा विज्ञान संकायका लागि सुदूरपश्चिम प्रदेशमै लोकप्रिय छ।

 

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा २०८१ मा कैलाली मोडेल माध्यमिक विद्यालयका छात्र निराजन पाण्डेय ३ दशमलव ९२ जिपिए ल्याउँदै देशभरीमै चौथो तथा सुदूरपश्चिम प्रदेशमा प्रथम भएका थिए। धेरै पटक कैलाली मोडेल माध्यमिक विद्यालयका विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेश प्रथम भैसकेका छन्।


 

कमेन्ट लोड गर्नुस