धनगढीको एक्सिस कलेजको रक्तदान कार्यक्रमबाट ७३ पिन्ट रगत सङ्कलन
धनगढी : धनगढीको एक्सिस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत सङ्कलन भएकोम छ।
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको एक्सिस प्लस टु कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम ७३ पिन्ट रगत सङ्कलन भएको हो। कलेजमा अध्ययनरत विद्यार्थीहरू रक्तदान गरेका हुन।
कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम सातौ पटक रहेको कलेजका प्लस टु संयोजक घनश्याम मलासीले बताए। उनले बिगत सात वर्षदेखि कलेजले नियमित रूपमा रक्तदान गर्दै आइरहेको बताए।
कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरि रक्तदानको क्षेत्रमा जागरण फैलाउन भूमिका खेलेको भन्दै प्रदेश सरकारका स्वास्थ्य दुत तथा सर्वाधिक रक्तदाता दीपक उपाध्यायलाई कदर पत्रले सम्मान गरिएको छ। उपाध्यायालाई कलेजकी प्राचार्य अनिता पन्तले सम्मान गरेकी हुन्।
एक्सिस युथ रेडक्रस र एक्सिस इको क्लबको समेत आयोजना रहेको रक्तदान कार्यक्रमको प्राविधिक सहयो रक्त संचार केन्द्र धनगढीले गरेको थियो।