सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनुपमा भेट्रान क्रिकेट प्रतियोगिता हुने

२०८१ फाल्गुन १०, ०७:१५ खबर संवाददाता

धनगढीः धनगढीम्ँ अनुपमा कर्पोरेट भेट्रान क्रिकेट प्रतियोगिता हुने भएको छ। आगामी चैत ५ गतेदेखि हुने अनुपमा बेकरी एण्ड क्याफेले प्रतियोगिताको आयोजना गर्ने भएको हो।

धनगढी महानगरपालिका–३ को चन्द्र सूर्य क्रस खेलमैदानमा प्रतियोगिता हुने छ। ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, युवाहरूलाई हौसला वयस्कहरूको मेल’ भन्ने मूल नाराका साथ अनुपमा बेकरी एण्ड क्याफेले अनुपमा कर्पोरेट लिग एसिएल भेट्रान क्रिकेट कपको दोस्रो संस्करण गर्न लागेको हो। एसिएल भेट्रान क्रिकेट कपको दोस्रो संस्करण आगामी चैत ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

सुदूरपश्चिम प्रदेशमा क्रिकेटको चहलपहल बढाउने, यस क्षेत्रका खेलाडीहरूलाई क्रिकेट खेल तिर उत्प्रेरित गराउने, साथै क्रिकेट खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले उक्त कपको आयोजना गरिएको आयोजकको भनाइ छ। साथै यस प्रतियोगिता यस क्षेत्रकै शानको रूपमा रहने र यस क्रिकेट प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य समेत राखेको प्रतियोगिताका संयोजक दिनेश पन्तले जानकारी दिए।

उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने अनुमान आयोजकले गरेको छ। प्रतियोगिताको विजेतालाई रु ७५ हजार नगद, विजेतालाई रु ३५ हजार नगद साथै प्रमाणपत्र, ट्रफी समेत प्रदान गरिने जानकारी दिए।

उक्त प्रतियोगितामा सहभागिताको लागि १५ हजार दर्ता शुल्क राखिएको छ भने , अन्तिम टिम दर्ता गर्ने मिति यही फागुन २० गते सम्म रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस