सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी क्षेत्रमा रहेका छाडा पशुचौपायामा खोरेत रोगको संक्रमण

२०७६ असार २०, ११:५४ रोशन भट्ट

धनगढी क्षेत्रमा रहेका छाडा पशुचौपायामा खोरेत रोगको संक्रमण फैलिदै गएको छ। वर्षातको समय सुरु भएसंगै धनगढी क्षेत्रमा रहेका छाडा पशुचौपायामा खोरेत रोगको संक्रमण फैलिदै गएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ देवहरियाको गौशलामा राखिएका चौपायाहरुमा पनि यस्को संक्रमण देखिएको गौशलाका कर्मचारी राज कुमार रानाले बताए।

उनका अनुसार देवहरियाको जंगलमा रहेको गौशलामा करिव तीन सयको हाराहारीमा पशुचौपायाहरु रहेका छन। ती मध्ये केहिमा खोरेत रोग लागेको पाईएको उनले बताए। हावाका कारणले पनि यो रोग सर्ने हुँदा अन्य स्थानीयले पालेका चौपायाहरुमा फैलिने खतरा पनि बढेको छ। यस्तै गत जेठ २३ चलेको हुरीका कारणले गौशलाको छाना समेत उडेपछि व्यवस्थापनमा थप समस्या देखिएको गौशलाकै कर्मचारी खडक बहादुर रानाले बताए।

सामान्य तय खोरेत रोग गाई, भैसिं, भेडा, बाख्रा र बङगुरहरमा लाग्ने गरेको छ। यो रोग लागेपछि सुरुमा पशुलाई जरो आउने, मुखबाट ¥याल आउने, खुट्टामा घाउ भएर हिड्न नसक्ने, खान छोड्ने र स्तनधारी पशुले दुध दिन छोड्ने गर्दछन। रोग लाग्नु भन्दा पहिले नै खोरेत रोग विरुद्धको खोप लगाएपछि यसबाट बचाउन सकिने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु विकास अधिकृत डाक्टर विशेश्वर प्रशाद खनालले बताए। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस