डोटीमा जिप र मोटरसाइकल ठोक्किदा एक जना घाइते

डोटीः डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।
दिपायल सिलगढी नगरपालिका–४ कुलपातेको केआईसिंह राजमार्गमा दिपायलबाट शिखर नगरपालिका–६ तलकोट तर्फ गईरहेको चालक कैलाली घोडाघोडी नगरपालिका–१२ बस्ने ३२ वर्षीय बिरबहादुर चौधरीले चलाएको म १ ज २१३ नम्बरको जिप र विपरित दिशाबाट आईरहेको चालक डोटी दिपायल सिलगढी नगरपालिका–३ इटली बस्ने २५ वर्षीय नविन भण्डारीले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ब ०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भण्डारी घाइते भएका हुन्।
भण्डारीको सुजङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप र जिप चालकलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



