सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमासले आज चार इजरायली बन्धकको शव बुझाउँदै

२०८१ फाल्गुन ८, १२:३६

एजेन्सीः प्यालेस्टिनी लडाकु समूह हमासले आज चार जना बन्धकको शव बुझाउँदै छ।

बुझाइने चार शवमध्ये तीन जना एकै परिवार अर्थात ‘बिबास फ्यामिली’का रहेका छन्। ती तीन जनामा श्रीमती शिरी बिबास र उनका दुई छोरा केफिर बिबास र एरिएल बिबासको शव रहेको बताइएको छ।
२०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले बन्धक बनाउँदा केफिरको उमेर जम्मा ९ महिना र एरियलको उमेर चार वर्ष रहेको थियो।

केफिर हमासले अपहरण गरेका सबैभन्दा कलिलो उमेरका बन्धक हुन्। यी तिनै जना इजरायली सेनाले गरेको बमबारीमा २०२३को नोभेम्बरमै मारिएको आरोप हमासले लगाउँदै आएको छ। यी बालकका पिता तथा शिरीका श्रीमान यार्डेन बिबासलाई पनि हमासले बन्धक बनाएकोमा उनलाई यसै महिनाको सुरूमा मुक्त गरेको थियो। यार्डेनलाई हमासले परिवारसँगै नभई बेग्लै स्थानबाट आफ्नो नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस