कञ्चनपुरमा भन्सार छलीका कस्मेटिक सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका कस्मेटिक सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–५ सुकाशाल र भीमदत्त नगरपालिका–१० जिमुवाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १४ हजार ४६० बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको कस्मेटिक सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।