सैपाल ग्याँसका उपभोक्तालाई मन्त्र हस्पिटलमा छुट
धनगढी : कैलालीको सैपाल ग्याँसका उपभोक्ताहरूलाई मन्त्र हस्पिटल, महेन्द्रनगरले छुट दिने भएको छ।
सैपाय ग्याँस र मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, महेन्द्रनगरको बिचमा सम्झौता भएको हो।
सैपाल ग्याँसका उपभोक्तालाई हस्पिटलले नियमित ओपीडिमा २५ प्रतिशत छुट दिने भएको छ। सैपाल ग्याँसको उपभोक्ता कार्ड भएका बिरामीहरूले ओपिडीमा २५ प्रतिशत छुट पाउने भएका हुन।
सैपाल ग्याँसका उपभोक्ताहरूले इको, एनपिएल, इन्डोस्कोपी, यूएसजी। इसीजी, प्याथोलोजीमा १०÷१० प्रतिशत छुट पाउनेछन्। यस्तै, शय्यामा १५ प्रतिशत, शल्यक्रियामा सात देखि १० प्रतिशत छुट उनीहरूले पाउने छन। सघन उपचार कक्षमा १५ प्रतिशत, क्याबिनमा २० प्रतिशत र औषधीमा पाँच प्रतिशत छुट पाउने सम्झौता भएको हो।