सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौकीडाँडामा मोटरसाइकल पल्टिदा ९७ वर्षीया वृद्धा घाइते

२०८१ फाल्गुन ७, ०७:११ खबर संवाददाता

धनगढी : कैलालीको चौकीडाँडामा मोटरसाइकल पल्टिदा ९७ वर्षीया वृद्धा घाइते भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडामा से ३ प ४२९ नम्बरको मोटरसाइकल पल्टिएको हो। मङ्गलवार ९७ वर्षीया धर्मादेवी भटराई मोटरसाइकल पल्टिदा घाइते भएकी हुन।

तीन जना सवार मोटरसाइकल पल्टिएको मालाखेती प्रहरीले बताएको छ। मोटरसाइकल चालक २३ सुमन भटराई सामान्य घाइते भएका छन्। उनीहरूको पद्मा अस्पताल अत्तरियामा उपचार भएको थियो। टाउकोमा चोट लागेकी वृद्धाको निर्सग अस्पतालमा सिटी इस्कानका लागि ल्याइएको छ।

 

कमेन्ट लोड गर्नुस