कैलालीमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते
२०८१ फाल्गुन ७, ०६:०६
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन्।
जिल्लाको घोडाघोडी ननगरपालिका–१ घोडाघोडी मन्दिर नजिक चालक कैलालीको गारीगगंगा नगरपालिका–९का रामकृष्ण चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१०प ८२७९ नम्बरको मोटरसाइकलको ठक्करबाट वीरेन्द्र चन्दका ५ वर्षी छोरा आशीष चन्द घाइते भएका प्रहरीले जनाएको छ। घाइते आशीषको सिएस अस्पताल सुखडमा उपचार भइरहेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस