सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछापुच्छ्रे बैंकद्वारा धनगढीका हावाहुरी पीडितलाई डेढ लाख बढि सहयोग

२०७६ असार १९, ०६:२६ खबर संवाददाता

माछापुच्छ्रे बैंक धनगढीले उप–महानगर क्षेत्रका हावाहुरी पीडितलाई डेढ लाख बढि सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई एक लाख ५१ ह्जार एक सय ११ रुपैँया हस्तान्तरण गरेको हो। बैंकका सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त रकमको चेक धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे। माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा सहयोग गर्दै आएको छ।

विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको बैंकले जनाएको छ।  जेठ २३ गते आएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको क्षती भएको थियो भने चार हजार सात सय २४ घरधुरीहरु प्रभावित भएका थिए। 

कमेन्ट लोड गर्नुस