अत्तरिया विवाद: मुद्धा लागेका थप पाँच जना प्रहरीमा उपस्थित
अत्तरिया उद्योग बाणिज्य संघका थप पाँच जनाले पदाधिकारी प्रहरी समक्ष उपस्थित भएका छन्। संघका सचिव शंकर खड्का, सदस्य रबिन्द्र खनाल, व्यवसायीहरु रमेश बोगटी, मोहन पाठक र केशब न्यौन्याल आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।
गोदावरी नगरपालिकाले आफ्नो तेस्रो नगर सभाको उद्धघाटन सत्रको कार्यक्रमलाई अबरोध पुगाएको भन्दै अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित ८ जनाका बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुर अन्र्तगत मुदा दर्ता गरेको थियो। प्रहरीले बुधबार पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटा सहित ३ जनालाई पक्राउ गरिसकेको थियो।