सैपाल ग्याँसका ग्राहकलाई नवजीवन हस्पिटलमा छुट

धनगढी : कैलालीको सैपाल ग्याँसका ग्राहकलाई नवजीवन हस्पिटल, धनगढीले २५ प्रतिशत छुट दिने भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ रातोपुलमा रहेको नवजीवन हस्पिटल र गोदावरी नगरपालिका–१ मा रहेका सैपाल ग्याँस प्रालिले सम्झौता गरेका हुन।
सैपाल ग्याँसका ग्राहकलाई नवजीवनले नियमित ओपीडिमा २५ प्रतिशत छुट दिने भएको हो। सैपाल ग्याँसको ग्राहक कार्ड भएका बिरामीहरूले ओपिडीमा २५ प्रतिशत छुट पाउने भएका हुन।
सैपाल ग्याँसका ग्राहकहरूले शल्यक्रिया, शय्या, सघन उपचार कक्ष, प्रयोगशाला र एक्सरेमा १०/१० प्रतिशत छुट पाउने भएका छन।



