सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्राउ परेका व्यापारीलाई रिहाई गर्न माग

२०७६ असार १८, ०९:२२ खबर संवाददाता

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहित तीन जनालाई रिहाईको माग गरिएको छ। प्रहरीले आज बिहान पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित  तीनजनालाई पक्राउ गरेपछि रिहाईको माग गरिएको हो। उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघ, डोटी उद्योग वाणिज्य संघ, बाजुरा उद्योग वाणिज्य संघ लगायतले विज्ञप्ती जारी गर्दै तत्काल रिहाईको माग गरेका छन। व्यापारीलाई झुटा मुद्दा लगाई बोल्ने वातावरण नदिइनु गलत भएको विज्ञप्तीहरुमा उल्लेख गरिएको छ। विज्ञप्तीमा सरकार र निजी क्षेत्रले एक आपसमा मिलेर गए मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुने भएकाले झुटा मुद्दा लगाई पक्राउ गर्नु गलत भएको उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस