सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पाण्डे लागुऔषधसहित पक्राउ

२०८१ फाल्गुन ४, ०३:२८ खबर संवाददाता

धनगढी : धनगढीका अशोक पाण्डे लागुऔषधसहित पक्राउ परेका छन। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका पाण्डे एक ग्राम १२० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र प्रहरी चौकी परासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट उनी पक्राउ परेका हुन। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस