सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

२०८१ फाल्गुन ३, ०३:०० खबर संवाददाता

काठमाडौँः देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन।

 माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ। साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ।

 

कमेन्ट लोड गर्नुस