सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जिप र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना घाइते 

२०८१ फाल्गुन ३, ०८:५० खबर संवाददाता

धनगढीः कैलालीमा जिप र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना घाइते भएका छन्।

शुक्रवार साँझ जिल्लाको चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन। से ५ प ६९२ नम्बरको मोटरसाइकल बा ८ च ८०७ नम्बरको जिपसँग ठोक्किए दुर्घटना हुँदा चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस