डडेलधुरामा ट्याक्टर दुर्घटना, चालक घाइते

२०८१ फाल्गुन १, ०५:५१
डडेलधुराः डडेलधुरामा ट्याक्टर दुर्घटना हुुँदा चालक घाइते भएका छन्।
जिल्लाको अमरगढी नगरपालिका–३ काँडे स्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुुंगा लिएर जादै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुुँदा चालक अमरगढी नगरपालिका–२ का ३९ वर्षीय लक्ष्मीकान्त बुढाएर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। घाइते बुढाएरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।




कमेन्ट लोड गर्नुस