सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ

२०८१ माघ ३०, ०८:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–९ राजघाटबाट सोही ठाउँ डेरा गरि बस्ने डडेल्धुराको आलिताल गाउँपालिका–७ घर भएका ३० वर्षीय दलबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरालाई ४६ मिलिग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको छ।

यस्तै भीमदत्त नगरपालिका–३ भासीबाट भीमदत्त नगरपालिका–६ वस्ने ४२ वर्षीया शरस्वती कुमारी बिष्टले संचालन गरेको पुर्णागिरी होटेलमा खानतलासी गर्दा उनको छोरा २४ वर्षीय प्रकाश सिंह धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बस्ने ३० वर्षीय शुशिल बिष्ट र दार्चुलाकै मालीकार्जुन गाउँपालिका–८ बस्ने ३२ वर्षीय गोबिन्द धामीसहित चार जना पक्राउ परेका हुन्।

यी चारै जनालाई ५ दशमलव २३ ग्राम खैरो हेरोइनसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस