सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा पत्रकार सम्मेलनबाटै पक्राउ

२०७६ असार १८, १०:४४ खबर संवाददाता

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला देवकोटालाई नियन्त्रणमा लिएको हो। देवकोट सहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्धा दर्ता गरेको थियो। गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मनतव्य राख्न नदिएको भन्दै केही व्यापारीले विरोध जनाएका थिए। नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्ट सहभागि नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारी सहित केही व्यापारी विरुद्ध मुद्धा दर्ता गरेको थियो।,

 

कमेन्ट लोड गर्नुस