सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका चिनी र मिश्री बरामद

२०८१ माघ २९, ०८:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका चिनी र मिश्री लगायतका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ७९ हजार २५० मूल्य बराबरको चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, सुर्ती, बिडी, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस