सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ २८, ०२:२३ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक सडकखन्डबाट प्रहरीले आइतबार राती भन्सार छलिका अवैध सामान बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमान्डमा खटिएको प्रहरी टोलिले १ लाख ४२ हजार बराबरका मोटरसाइकलका पाटपुर्जा, मोबाइलका पाटपुर्जा र उनी स्विटर धागो लगायतका सामान बराबद गरेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ। बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस