कैलालीबाट लागूऔषध र लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट लागूऔषध र लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ बस्ने ३१ वर्षीय लक्ष्मण खड्का र लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कमल साँउद पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर गरेपछि फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
