सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

२०८१ माघ २७, ०५:४५ खबर संवाददाता

अछामः अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा खानीमाथिबाट सुख्खा पहिरो खस्दा सोही ठाउाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। आइतबार दिउसो २ बजे भएको घटनामा मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन्। उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।  
 

कमेन्ट लोड गर्नुस