सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालबाट एक जनाको हेलिकप्टर मार्फत उद्दार

२०७६ असार १७, ०७:१२

कैलालीको मोहन्याल गाँउपालिकाबाट एक जनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। गाँउपालिकाको वडा नम्बर २ का तिलख बुच्छामगरको हेलिकप्टर मार्फत उद्दार गरिएको हो। ईलाका प्रहरी कार्यालय पण्डौनको प्रतिक्षालय निर्माण गर्दैगर्दा मगर खसेका थिए। घाईते मगरको उद्दारका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले हेलिकप्टर बोलाएको थियो। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खण्डकाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस