कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइयो

कञ्चनपुरः कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकामा पीपीआर रोगविरुद्धको खोप लगाइएको छ। नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको अभियानमार्फत ९ हजार ९ सय ६९ बाख्रालाई खोप लगाइएको हो। नगरपालिकाका आठ वडामा पशु प्राविधिकको सहायताले निःशुल्क खोप अभियान सञ्चालन गरिएको थियो। पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार व्यावसायिक बाख्रापालन हुने क्षेत्रमा माघ २० देखि २६ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिएको हो।
पीपीआर रोग एक घातक संक्रामक रोग हो, जसका कारण बाख्रामा उच्च ज्वरो, सिँगान बग्ने, आँखाबाट र्याअल झर्ने, मुख र गिजामा घाउ आउनेजस्ता लक्षण देखिन्छन्। समयमै उपचार नहुँदा बाख्राको मृत्यु समेत हुनसक्छ। पशु प्राविधिक लक्ष्मीदत्त जोशीका अनुसार एकपटक खोप लगाएपछि तीन वर्षसम्म पुनः खोप दिन आवश्यक पर्दैन। नेपाल सरकारले सन् २०३० सम्ममा पीपीआर रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ। यस अभियानअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त १० हजार डोजमध्ये ९ हजार ९सय ६९ डोज खोप सफलतापूर्वक प्रयोग गरिएको छ।



